इलामको रोङमा व्यावसायिक मौरीपालन अभियान

 पुष १८, २०८० बुधबार ९:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको रोङ गाउँपालिकामा व्यावसायिक मौरीपालन अभियान सञ्चालन भएको छ । गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियानका लागि पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नम्बर ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गर्नुभएको छ । झण्डै ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै ठाउँमा घार व्यवस्थापन गर्नुभएका उहाँले २०७६ सालदेखि नै आधुनिक मौरीपालन गर्न थाल्नुभएको हो ।

उहाँले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । मह बिक्री गर्न कुनै समस्या नरहेको उहाँको भनाइ छ  । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ । अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक एक सय किलोसम्म मह उत्पादन गर्नुहुन्छ । ३० वटा आधुनिक घारमा मौरीपालन पाल्नुभएका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउनुहुन्छ ।

मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीयबासिन्दा पनि यो व्यवसायतर्फ आकर्षित भएका छन् । मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताउनुभयो ।

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो ।

मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य छ । पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया