धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
तनहु – तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा केन्द्रको शुभारम्भ गर्नुभएको हो ।
पालिकालाई फोहरमैला व्यवस्थापन गर्न कठिन हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि सहज हुने गाउँपालिकाले जनाएको छ ।
केन्द्रमा गाउँपालिकाको बजार क्षेत्रका कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु केन्द्रमा जम्मा गरिने जनाइएको छ । कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाउने पालिकाले जनाएको छ ।
गाउँपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ सालमा स्थानीयसँग ३३ लाख रुपैयाँमा २२ रोपनी आठ आना जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड १५ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
केन्द्रमा करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गर्न टिपरसमेत खरिद गरिएको छ । त्यस्तै फोहरमैला व्यवस्थापनका लागि स्थानीयसँग न्यूनतम एक सय रुपैयाँ शुल्क लिइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।