धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारी गरेका छन् ।
टीआरसी विधेयकमा एमालेले सहमति जनाए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार भएका हुन् । यस विषयमा केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।
हिजो सत्ता गठबन्धनको बैठकमा पनि यसबारे छलफल भएको छ भने सत्ता गठबन्धन दलहरुले एमालेसँग पनि छलफल गरेका छन् । तर एमालेलाई कति सिट दिने भन्नेबारे टुङ्गो लागेको छैन । यस्तै, राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका अरु साना दल असन्तुष्ट देखिएका छन् ।
जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन । यसबारे छलफल गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ । आउँदो माघ ११ गते राष्ट्रियसभाको रिक्त २० वटा सिटमा चुनाव हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।