धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - पशुपतिको बाग्मती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने सूचनामा संलग्नता नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्ति निकालेर भिडियो खिच्न नपाइने सूचनामा कोषको असहमति रहेको र यस्तो सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको हो ।
यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिको नाममा सार्वजनिक भएको सूचनामा पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने उल्लेख थियो ।
यसको चौतर्फी विरोध भएपछि कोषले यसमा आफ्नो संलग्नता नरहेको बताएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।