धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - सिंहदरबार वैद्यखाना पछिल्लो समय धराशायी हुँदै गएको छ । वैद्यखानाको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । जुद्ध शम्शेरले थापाथलीबाट सिंहदरबारमा लगेर उत्तर कुनामा राखेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुगेको हो ।
२०५२ सालसम्म झण्डै ३५/३६ प्रकारका आयुर्वेदिक औषधि निर्माण हुने गरेकोमा २०५८ सम्म आइपुग्दा एक सय ७१ प्रकारका औषधि उत्पादन गरेर बजारमा पठाउन शुरु गरिसकेको थियो ।
५७ सालदेखि नाफामा गएर ५८ सालको साउनसम्ममा कोष निर्माण गरेर सात करोड ८८ लाख जम्मा गरिएको थियो । तर अहिले औषधि उत्पादनको काम हुन सकेको छैन भने भएका कर्मचारीमा पनि कामको मनोबल घट्दै गएको छ । वैद्यखानमा औषधि बन्न छाडेकाे छ भने कर्मचारी घाम तापेर बस्नुपर्ने अवस्था छ । ऐतिहासिक औषधि उत्पादक संस्था दिनप्रतिदिन खस्कँदै गएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
संस्था र यसको साखलाई जोगाउन विषय विज्ञ मुख्य रहेको आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा.चन्द्रराज सापकोटा बताउनुहुन्छ । उहाँले विगतमा वैद्यखानाको भौतिक तथा संस्थागन विकासका लागि प्रबन्ध निर्देशक भएर काम गर्नुभएको थियो ।
वैद्यखानामा गएर पुराना दस्ताबेज हेर्न खोजेमा पुराना सबै योजना भेट्टाउन सकिने उहाँ बताउनुहुन्छ । तर पछिल्ला वर्ष व्यवस्थापन झनझन कमजोर हुँदै गएको र सरकारले पनि अनुगमन सहिरुपमा गर्न नसक्दा संस्था नै धराशायी बन्न पुगेको विज्ञ सापकोटा बताउनुहुन्छ ।
भवन, औषधि बनाउने मेसिन र सबै पूर्वाधार हुँदाहुँदै पनि व्यवस्थापन गर्ने क्षमता र विषय विज्ञ नहुँदा वैद्यखाना धराशायी भएको पूर्व प्रबन्ध निर्देशक सापकोटाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।