१ अर्ब ७१ करोड बक्यौता नतिर्ने रिलायन्स मिललाई अदालतको झट्का, किस्ता तिरेमात्रै बिजुली जोडिने

 पुष २२, २०८० आइतबार १९:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला अदालत सुनसरीले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा बिजुलीकाे लाइन काट्ने निर्णयविरुद्ध अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत रिलायन्स स्पिनिङ मिल्सले तिर्नुपर्ने एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटिदिएको थियो ।

काटिएको बिजुली लाइन जडान गरेर उद्योगलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न पाउँ भनेर रिलायन्सले निवेदन दिएको थियो । तर आज आइतवार जिल्ला अदालत सुनसरीका न्यायाधीश टेकबहादुर कार्कीको इजलासले बक्यौता रकम नतिरेकैले प्राधिकरणले बिजुली काटिदिएको ठहर गर्दै अन्तरकालीन आदेश दिन नमिल्ने जनाएको छ । बक्यौता रकम ६० किस्तामा तिर्न पाउने गरी प्राधिकरणले निर्णय गरेको र किस्ता बुझाएमा बिजुली जोडिदिने प्राधिकरणले निर्णय गरेको विषय पनि अदालतले स्मरण गराएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया