पशुपतिनाथ मन्दिरमा स्तनपान कक्ष सञ्चालन

 पुष २४, २०८० मंगलबार १६:१:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि स्तनपान कक्ष सञ्चालनमा आएकाे छ । पशुपति क्षेत्र विकास काेषले स्थापना गरेकाे स्तनपान कक्षकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयाे ।

राज्यमन्त्री ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकाेमा त्यसको सराहना गर्नुभयो । स्तनपान कक्ष देशभित्र तथा बाह्य देशबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपान कक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत ठाउँमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताउनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया