धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
खोटाङ – खाेटाङमा यस वर्ष ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङमा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा किसानले ३७ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेका कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयाे ।
खाेटाङमा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकाे छ । यस वर्ष जन्तेढुङ्गा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा सबैभन्दा धेरै सुन्तला उत्पादन भएको छ । गएकाे वर्षकाे तुलनामा यस वर्ष १० मेट्रिक टनले सुन्तला उत्पादन बढेकाे छ । आर्थिक वर्ष २०७९/८० मा तीन हजार सात सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रोग, किरा तथा बगैँचा व्यवस्थापन गरेका कारण यस वर्ष सुन्तला उत्पादन बढेकाे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खाेटाङका किसानले धरान, धनकुटालगायतका ठाउँबाट आउने व्यवसायीलाई बगैँचा नै ठेक्का दिने गरेका छन् । प्रायजसो किसानले व्यापारीलाई एक लाख रुपैयाँमा बगैँचा ठेक्कामा दिएका कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयाे ।
‘धरान, धनकुटाका व्यापारीले बगानमै आएर सुन्तला ठेक्कामा लिने गरेका छन् । अरू जिल्लाको भन्दा खोटाङको सुन्तला स्वादिलो छ । स्वादिलो भएकै कारण व्यापारीले सिधै ठेक्का लिने गरेका छन्’, पण्डितले भन्नुभयाे, ‘सुन्तला खेतीप्रति किसानको रुचि बढ्दो छ । आम्दानीको राम्रो माध्यम बनेका कारण छाडिसकेका किसानले समेत फेरि सुन्तला लगाइरहेका छन् । अझ राम्रो गर्छु भन्ने किसानहरू आइरहेका छन् ।’
पहिला–पहिला किसानले सुन्तलाको रोग किराको उपचारका लागि प्राविधिकको खोजी गर्दैन थिए । अहिले सुन्तलामा समस्या देखिए कृषि प्राविधिकको खोजी गर्छन् । उपचार गर्न अघि सर्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा ५ दशमलव २६, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ दशमलव ९०, जन्तेढुंगा गाउँपालिकामा ५ दशमलव ६३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५ दशमलव ५०, बराहपोखरी गाउँपालिकामा ५ दशमलव ३६, खोटेहाङ गाउँपालिकामा ५ दशमलव २०, रावाबेँसी गाउँपालिकामा ५ दशमलव २९, साकेला गाउँपालिकामा ४ दशमलव ५८, केपिलासगढी गाउँपालिकामा ४ दशमलव ४० र ऐसेलुखर्क गाउँपालिकामा ४ दशमलव १३ मेट्रिक टन सुन्तलाको उत्पादकत्व रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।