धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ । अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने कोषले जनाएको छ ।
२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको यो योजनामा आउँदो फागुन एक गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको सूचनामा उल्लेख छ । यो सुविधा लिनका लागि कोषले सूचीकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको श्रीमान् र श्रीमतीले उपचार गराइ दाबी गर्नुपर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।