शीतका कारण तरकारी बालीमा डढुवा रोगको जोखिम

 पुष २६, २०८० बिहीबार ८:२१:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चिसो र शीतका कारण तरकारीबालीमा डढुवा रोगको जोखिम बढेको छ । रातमा तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गइ शीत पर्ने गर्छ । यसबाट बालीमा विभिन्न रोगको सङ्क्रमण बढ्ने गरेको छ । आलु, गोलभेँडालगायतमा समस्या देखिएको कैलालीका किसान नारायण चौधरीले बताउनुभयो ।

पुस/माघमा बर्सेनि डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपय किसानले टनेल बनाएर गोलभेँडालगायत तरकारी बाली लगाउने गरेका छन् ।

सात/आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सके बाली जोगाउन सकिने कृषि प्राविधिकको सल्लाह छ । तर एउटै बालीमा पटक/पटक विषादी छर्किन कमजोर आर्थिक अवस्था भएका किसानलाई समस्या छ । यसबाट लागत खर्च धेरै पर्ने उनीहरुको गुनासो छ ।

शीत पर्ने र आर्द्रता बढ्ने हुँदा सुषुुप्त अवस्थामा रहेका ढुसी सक्रिय हुने कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । डढुवा रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ। 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया