धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले घोषणा गरेजति रकम निकासा नगर्दा जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण अलपत्र परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सरकारले निर्णय गरेजति रकमको निकासा नहुँदा पीडितले अस्थायी आवाससमेत बनाउन नपाएको बताएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्प गएलगत्तै मन्त्रिपरिष्द् बैठकले १० अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरे पनि अहिलेसम्म अर्थ मन्त्रालयले जम्मा एक अर्ब रुपैयाँमात्रै निकासा गरेको बताउनुभयो । यस्तै विपद् व्यवस्थापन कोषमा रहेको एक अर्ब २६ करोड करोड रुपैयाँसमेत गरेर प्राधिकरणले दुई अर्ब २६ करोड रुपैयाँ जिल्लामा पठाएको छ । दुई अर्ब २६ करोड रुपैयाँमध्ये ४७ हजार छ सय ५५ जना लाभग्राहीको खातामा एक अर्ब तीन करोड ८१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख पाेखरेलले केही ऐन र नियमावलीका कारण पनि पीडितलाई रकम वितरणमा ढिलाइ भएको जानकारी दिनुभयो । प्राधिकरणले ऐनहरूलाई परिमार्जन गरेर अस्थायी आवास र पुनर्निर्माण तीव्र गतिमा अघि बढाउने तयारी गरिरहेको उहाँकाे दाबी छ ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले कुनै कुनै पालिकामा अस्थायी आवास निर्माण तीव्र गतिमा भए पनि कुनैमा भने एउटा पनि अस्थायी आवास नबनेको भन्दै चिन्ता जनाउनुभयो । प्राधिकरणका अनुसार जाजरकोट भूकम्प पीडितका लागि २० हजार एक सय ४७ वटा अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ । त्यसैगरी १० हजार तीन सय पाँच वटा निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो । लाभग्राहीको सङ्ख्या ६८ हजार सात सय ८० जना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।