योग दिवस : नियमित योग अभ्यासले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने

 माघ १, २०८० सोमबार ७:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।

योग गुरु डाक्टर हरिप्रसाद पोख्रेलका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । योगको महत्त्वबारे सबै नेपालीलाई थाहा दिने उद्देश्यले नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाइँदैछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरुकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया