धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ । आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पुर्याइने खानेपानी मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी वितरणको पुनः शुभारम्भ गर्नुभएको हो । चौथो पटक काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा पाँचौँ पटक शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई समान रुपमा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
उहाँले बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने आश्वासन दिनुभएको छ । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक-एक पटक तथा पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीले दुई पटक उद्घाटन गर्नुभएको थियो ।
बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि मेलम्ची मुहानबाट पानी पठाउने काम बन्द हुँदै आएको छ । यसपटक पनि गेग्रान मात्रै हटाएर काठमाण्डाैमा पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वर्षा लाग्नसाथ सुरुङ बन्द गर्नुपर्छ ।
मेलम्ची खानेपानी आयोजनाको भविष्य नै अनिश्चित रहेका बेला उद्घाटन गर्दै चर्चा कमाउन भने मन्त्रीदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मकै होड चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।