काठमाण्डौ महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटी तालिम दिने

 माघ १, २०८० सोमबार १५:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित भोलिदेखि तामिल शुरु गर्ने महानगरले जनाएको छ । महानगरले ईसी काउन्सिल र ग्याप टेक्नोलोजीको सहकार्यमा तालिम दिन लागेको हो । यो सहकार्यबाट ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान हुने महानगरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जोडिएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेशनहरूको आधिकारिकता, जोखिमको विषयमा सिकाइनेछ । अहिले ३४ विधामा तालिम दिन लागेको र आवश्यकता र मागका आधारमा अन्य विधा थप गर्ने महानगरले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमकी फोकल पर्सन शान्ता पहाडीले बताउनुभयो ।

महानगरले १५ हजार जनालाई तालिम दिने लक्ष्य राखेकोमा साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार जना पुग्ने देखिन्छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया