अस्पताल निर्माणको ठेक्का लिएका ठेकेदारलाई बढी भुक्तानी

 माघ १, २०८० सोमबार १८:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा १५ शय्याको अस्पताल भवन निर्माणका क्रममा ठेकेदारलाई सार्वजनिक खरिद नियमावली मिचेर बढी भुक्तानी दिएको खुलेको छ ।

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनमा अस्पताल भवन निर्माणको ठेक्का लिएको नमुना हिमालयन जेभीलाई १५ लाख ३५ हजार ९ सय ३३ रुपैयाँ बढी भुक्तानी दिइएको उल्लेख छ । दोस्रो बिलसम्म भुक्तानी गर्दा फर्छ्याेट भएको पेस्की कटाएर रकम भुक्तानी गर्नुपर्नेमा कट्टा नगरि बढी भुक्तानी भएको देखिएको भन्दै महालेखाले बढी भुक्तानी भएको रकम सम्बन्धित निर्माण व्यवसायीको अर्को बिल भुक्तानीमा समायोजन गर्न वा असुल उपर गर्न राय दिएको छ ।

नमुना हिमालयन जेभीले २०८० साउन ८ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद नाघेको चार महिना बित्दा अस्पतालको २८ प्रतिशत मात्रै वित्तीय प्रगति देखिएको महालेखाले जनाएको छ । अहिले अस्पताल भवन निर्माणको काम ठप्प छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया