सामाजिक सुरक्षा भत्ताले राउटे समुदायलाई माघी मान्न सजिलाे

 माघ १, २०८० सोमबार १८:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – गुराँस गाउँपालिकाले दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा बस्दै आएका राउटे समुदायलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । माघीको किनमेलकाे सजिलाेका लागि गुराँस गाउँपालिकाका उपाध्यक्ष सिवाकुमारी खड्कासहितको टोलीले राउटे समुदायलाई सुरक्षा भत्ता वितरण गरेको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्षअघि गुराँस गाउँपालिका–८ ले स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस–८ वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक दुई/तीन महिनामा बस्ती सर्दै गर्ने क्रममा दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा पुगेका ४१ परिवारका एक सय ३८ जनालाई कात्तिक, मङ्सिर र पुस महिनाको प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले सुरक्षा भत्ता वितरण गरेको गुराँस–८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

दुई हप्ताअघि न्यानो कपडा वितरण गर्न राउटे बस्ती पुग्नुभएका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग राउटे समुदायले माघी मान्न सामाजिक सुरक्षा भत्ता पठाइदिन आग्रह गरेका थिए ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया