धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – न्युजिल्यान्डले पाकिस्तानसँगको ५ खेलको टी–२० क्रिकेट शृङ्खला २ खेलअघि नै जितेको छ । आज भएको तेस्रो खेलमा पाहुना टोलीलाई ४५ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला जितेको हो ।
न्युजिल्यान्डले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रनमात्र बनाउन सक्यो । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५८ रन बनाए । न्युजिल्यान्डका टिम साउदीले २ विकेट लिए ।
यसअघि युनिभर्सिटी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय २४ रन बनायो । न्युजिल्यान्डका ओपनर ब्याटर फिन एलेनले शतक बनाए । एलेनले ६२ बल खेल्दै १६ छक्का र ५ चौकाको मद्दतमा १ सय ३७ रन बनाए । उनले एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि सन् २०१९ मा अफगानिस्तानका ओपनर ब्याटर हज्रतुल्लाह जजईले आयरल्यान्डसँगको खेलमा १ सय ६२ रन बनाउँदा १६ छक्का प्रहार गरेका थिए ।
यस्तै एलेन न्युजिल्यान्डबाट टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बनेका छन् । यसअघि सन् २०२२ मा दक्षिण अफ्रिकासँगको खेलमा सुजे बेट्सले नट आउट १ सय २४ रन बनाएका थिए ।
आजकाे खेलमा पाकिस्तानका हरिस रौफले २ विकेट लिए । न्युजिल्यान्ड पहिलो खेलमा ४६ र दोस्रो खेलमा २१ रनले विजयी भएको थियो । शृङ्खलाको चौथो खेल पर्सि शुक्रवार र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।