कक्षा ११ र १२ को परीक्षाका लागि फागुन २१ गतेभित्र आवेदन फाराम बुुझाउनुपर्ने

 माघ ८, २०८० सोमबार ९:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले भनेको छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया