किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग

 माघ ८, २०८० सोमबार ९:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय किसान आयोगले किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग गरेको छ । 

आयोगका अध्यक्ष प्रेम दङ्गालले देशभरका किसानलाई परिचयपत्रका आधारमा सामाजिक सुरक्षा दिन पनि माग गर्नुभएको छ ।

आयोगको स्थापना दिवसको अवसरमा हिजो भएको कार्यक्रममा उहाँले कृषिको काममा हुने दुर्घटनाको जोखिम बहन गर्न किसानको बीमा तथा स्वास्थ्य उपचारका लागि छुट्टै किसान अस्पताल स्थापना गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

 कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले कृषि ऐन ल्याउने अन्तिम तयारी भैरहेको भन्दै किसानलाई उत्पादनका आधारमा सहुलियत ऋण, प्रविधिमा अनुदान, मल, बीउबिजनको सुविधाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया