'कटन क्यान्डी' मा अखाद्य रङ्ग पाइयाे, उपभोग नगर्न विभागको आग्रह

 माघ ८, २०८० सोमबार १५:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको 'कटन क्यान्डी' मा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट 'कटन क्यान्डी' मा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो । आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्री/वितरण भइरहेको रङ्गीन कटन क्यान्ड मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’

विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री/वितरण गरिएको 'कटन क्यान्डी' काे उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ । काठमाण्डाैलगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता 'कटन क्यान्डी' बिक्री भइरहेका छन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया