१९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हरायाे

 माघ ९, २०८० मंगलबार ७:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको छ । अस्ट्रेलियाका लागि कप्तान हुग विब्गेन सर्वाधिक ३९ रनमा नआउट रहेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका हानेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्टेले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया