आज काठमाण्डाै उपत्यकाकाे न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन

 माघ ९, २०८० मंगलबार ९:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका पहाडी भेगको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरैजसोको ठाउँमा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ। यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्यभन्दा पनि तल माइनसमा पुगेको छ ।

महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ८, जोमसोमको माइनस ३ दशमलव ५ र जिरीको माइनस ० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाले जनाएको छ।  

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया