प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा गाडी दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही रहेको एक अध्ययनले देखाएको छ ।
‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनअनुसार कुल गाडी दुर्घटनामध्ये ८८ दशमलव ३५ प्रतिशत चालकको कारणले दुर्घटना हुने गरेको छ । मानवीय कारणमा चालकको ज्ञान, सीप र क्षमता प्रमुख कारण हुने प्रतिवेदनमा उल्लेख छ । यस्तै चालकको शारीरिक र मानसिक अवस्था, चालकले ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति यसमा जोडिएको छ ।
प्रतिवेदनअनुसार ४ दशमलव २० प्रतिशत दुर्घटना यात्रुका कारण हुने गरेको छ । यात्रुले सडक अनुशासनको पालनामा ध्यान नदिँदा दुर्घटनाको जोखिम बढ्ने गरेको छ । यस्तै धेरैजसो सडकमा पेटी नबनाइएको, सडक अतिक्रमण गरी व्यापार–व्यवसाय सञ्चालन गरेका कारण दुर्घटना हुने गरेको छ ।
प्रतिवेदनअनुसार ४ दशमलव १२ प्रतिशत दुर्घटना सडकको अवस्थाका कारण हुने गरेको छ । सडकको अवस्था, सडक सङ्केत यसमा पर्छन् । यसैगरी घुम्ती सडकमा बार नहुँदा पनि दुर्घटना हुने गरेको छ । नियमित मर्मत नभएका, साँघुरा र भर्खर 'ट्रयाक' खोलेका सडकका कारण पनि दुर्घटना धेरै हुने गरेको प्रतिवेदनमा भनिएको छ ।
२ दशमलव ५९ प्रतिशत दुर्घटना गाडीको अवस्थाका कारण हुने गरेको प्रतिवेदनमा उल्लेख छ । गाडीको पुर्जा, ब्रेक, हर्न आदिको अवस्थाले दुर्घटना बढाउने वा घटाउने भूमिका खेलेको हुन्छ । गाडी निर्माणमा प्रयोग गरिने सामान गुणस्तरीय नहुँदा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।
प्रतिवेदनअनुसार शून्य दशमलव ७४ प्रतिशत दुर्घटना मौसमको अवस्थाका कारण हुने गरेको छ । प्रतिवेदनले दुर्घटनापछिको व्यवस्थापनमा ध्यान दिन पनि भनेको छ । दुर्घटनापछि आकस्मिक उपचार सेवा र घाइतेलाई उद्धार गरी अस्पताल पुर्याउने व्यवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएको छ ।
प्रतिवेदनले नेपालमा दुर्घटनाबाट हरेक दिन औसत ८ जनाको ज्यान जाने गरेको देखाएको छ । दुर्घटनामा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५० दशमलव ७२ प्रतिशत छ ।
यातायात क्षेत्रको अवस्थाबारे अध्ययन गर्न १ गएको वर्षको माघ ११ गते भौतिक योजना तथा यातायात मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय यातायात सुधार सुझाव कार्यदल बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।