खो–खो विश्वकपमा नेपाली पुरुष टाेलीकाे तेस्रो जीत
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – आजदेखि शहीद सप्ताह शुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ ।
गृह मन्त्रालयमा रहेको तथ्याङ्कअनुसार नेपालमा शहीदको सङ्ख्या १२ हजार १ सय ९७ जना छ । यो सङ्ख्या चाँडै १४ हजार ७ सय ९८ जना पुग्दैछ । गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयबाट थप २ हजार ६ सय १ जनाको सूची प्राप्त भएको र त्यसलाई राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । केही दिनमै राजपत्रमा प्रकाशित हुनेछ ।
शहीद घोषणाका लागि सरकारले २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षता आयोग गठन गरेको थियो । ती आयोगले प्रतिवेदन बुझाए पनि सरकारले आफू अनुकूल वा विभिन्न आन्दोलनका आधारमा शहीद घोषणा गर्दै आएको छ । कतिपय राजनीतिक दलले राजनीतिक स्वार्थपूर्ति गर्न र कतिपयले शहीद परिवारलाई सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँ पाउने लोभमा पनि शहीद घोषणा गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।