त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ नयाँ टर्मिनल भवन सञ्चालनमा

 माघ ११, २०८० बिहीबार ९:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिजो भैरहवाबाट काठमाण्डाै अवतरण गरेका बुद्ध एअरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गर्नुभएको हो ।

आन्तरिकतर्फ टर्मिनलमा आगमन र प्रस्थान कक्ष एकै ठाउँमा हुँदा यात्रुको भीडभाड हुने समस्या थियो । अब छुट्टाछुट्टै भवनबाट सहज रूपमा सेवा शुरु भएको विमानस्थलले जनाएको छ ।

विभानस्थलका अनुसार पुरानो आगमन कक्षबाट विशिष्ट व्यक्तिलाई ओहोरदोहोर गराइने छ । नयाँ आगमन कक्षमार्फत् एक घण्टामा चार सय यात्रुले सेवा लिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया