१ हजार ६ सय कामदारलाई प्रशिक्षणपछि काम दिन उद्योगहरुसँग सम्झौता

 माघ १५, २०८० सोमबार १०:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि उद्योगहरुसँग सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत् कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी हुने उद्योगहरूबीच सम्झौता भएको हो ।

सम्झौता गर्ने उद्योगहरूमा लिटमस इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानिफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् ।

सम्झौता अनुसार यी उद्योगले एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षण दिएर त्यसपछि कम्तीमा १८ महिनाको रोजगारी दिनेछन् । श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाइ आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर दिन र रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको छ।

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि अनुसार यस कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीका लागि बढीमा तीन महिना अवधिको पारिश्रमिक सरकारले बेहोर्नेछ । यो कार्यक्रम गएको वर्षदेखि नै कार्यान्वयनमा आएको भए पनि यसको प्रभावकारिता भने निकै कम देखिएको छ।

१२ हजार जनालाई रोजगारी दिने अपेक्षा गरिएकोमा अहिलेसम्म एक सय ५३ जनालाई मात्रै यो कार्यक्रमअन्तर्गत रोजगारी मिलेको छ। 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया