आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध हिजोको बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो ।
सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलङ्काका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
श्रीलङ्का क्रिकेट बोर्ड प्रशासनमा सरकारकाे व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण १९ वर्षमुनिको विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सरेको हो ।
श्रीलङ्काको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । अहिले श्रीलङ्का क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लङ्घन नगरेको आईसीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।