खो–खो विश्वकपमा नेपाली पुरुष टाेलीकाे तेस्रो जीत
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो । गण्डकीका अमृत गुरुङले ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ ।
आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब पनि फाइनल नजिकै पुगेको छ । आर्मीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४० ओभर १ बलमा १ सय ६५ रन बनाउँदा अलआउट भयो । उसका किरण ठगुन्नाले ६८ रन बनाए । अर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए ।
पहिले ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्लले ७५ रन बनाए, सुदूरपश्चिमका भोजराज भट्टले ६ र नरेन साउदले ३ विकेट लिए । आर्मी ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ८ अङ्कसहित छैठौँ स्थानमा छ । गणितीय हिसाबमा आर्मीको फाइनल पुग्ने सम्भावना बलियो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।