सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
चितवन – बाग्मती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको गाडीको ठक्करबाट ज्यान गएकाे छ ।
नवलपुरको गैँडाकोटमा उहाँ सवार ना ४६ व ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते हुनुभएका ६७ वर्षीय पौडेललाई भरतपुर अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।
पौडेल २०७८ पुस ९ गते बाग्मती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएको थियो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।