सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करणको सम्मेलन आउँदो फागुन ३ देखि ७ गतेसम्म नेपालमा हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा हुने कार्यक्रममा झण्डै एक सय देशका युवा, महिला, दलित, आदिवासी, किसान, मजुदरलगायत ५० हजारभन्दा बढी प्रतिनिधि भेला हुने आयोजक विश्व सामाजिक मञ्च नेपालले जनाएको छ ।
कार्यक्रममा संसारभर बढ्दो आर्थिक असमानता र गरिबीको कुरालाई बढी महत्व दिइने आयोजक समिति सदस्य डा. नेत्र तिमल्सिनाले बताउनुभयो । विश्व सामाजिक मञ्च, सन् २००१ मा ब्राजिलमा ‘के अर्को विश्व सम्भव छ ?’ भन्ने नाराका साथ शुरु भएको नागरिक अभियान हो ।
अर्को विश्व भनेको सामाजिक न्यायसहित, समतामूलक, पहिचानसहितको मर्यादित र गरिमामय जीवन जिउन पाउने विश्व भएको अभियान्ताले बताएका छन् । वैकल्पिक विश्वमा विश्वास राखेर थुप्रै सामाजिक आन्दोलन र अभियान भइरहेका छन् । यस्ता मुद्दामा एकै ठाउँमा भेला भएर छलफल गर्ने अभियानलाई विश्व सामाजिक मञ्च भनिन्छ ।
मञ्चमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ । कार्यक्रममा भारतका वातावरण अभियन्ता मेघा पाटेकर, पाकिस्तानकी मानव अधिकार अभियन्ता हिना जिलानी, क्युवाका महिला अधिकारकर्मी अलेजा ज्योवेरा लगायत संसारका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता हुनेछ ।
समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि गैरसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् । कार्यक्रममार्फत नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसर मिल्नेछ भने पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पुग्ने आयोजकले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।