सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झण्डै ४० हजार चालक कारबाहीमा परेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् ।
यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि कारबाहीमा परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कमा सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा १८ हजार ६ सय २७ जना चालक कारबाहीमा परेका छन् ।
कारबाहीबाट देशभरबाट चार करोड रुपैयाँ राजश्व सङ्कलन भएकोमा काठमाण्डौ उपत्यकामा मात्रै १ करोड ८६ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीको भनाइ छ । गाडी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना कम गर्न जाँडरक्सी खाएको र लागु पदार्थ प्रयोग गरे नगरेको जाँचलाई प्राथमिकता दिँदै आएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।