खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।
कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस जानुभएको परिवारले जनाएको छ ।
केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र अहिले सम्पर्कमा नरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै भक्तपुरकी चाँदनी विष्टले आफ्ना पति विभाजन, देवर निराजन र नाति लोकेन्द्र सम्पर्कमा भए पनि स्वदेश फिर्ता गराइदिन माग गर्नुभयो । रुसी सेनामा भर्ती भएर पनि नेपाल आउनुभएका सुमन राईले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।