खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका सीसीटीभी क्यामेरा जडान गरेको छ । नेपाल प्रहरीसँगको सहकार्यमा एआई फिचर भएका सीसीटीभी क्यामेरा जडान गरेको महानगरपालिकाले जानकारी गराएको हो ।
यी क्यामेराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ । यस्ता विशेषता भएका क्यामेरामध्ये तीन ठाउँमा गाडी र चालकसम्बन्धी दृश्य तथा विवरण दिने र १० ठाउँमा घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने क्यामरा रहेका छन् ।
एआई फिचर भएका क्यामेराले गाडीको प्रकार, नम्बर प्लेट, रङ, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्छ । लेन क्रस, एकतर्फी बाटाेमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने गाडी, अनधिकृत ठाउँको पार्किङ पहिचान र सङ्केत पनि क्यामेराले गर्ने महानगरले जनाएको छ । कुनै व्यक्तिलाई खोज्नु पर्याे भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ । यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका गाडी खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।