गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ ।
पशु सेवा विभागका अनुसार लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाण्डाैको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको छ । ललितपुर महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन भनेको छ ।
ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखाले आग्रह गरेको छ ।
घरपालुवा सुँगुर र बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी सङ्क्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।
यसैबीच कीर्तिपुर नगरमा समेत यो रोगको प्रकोप देखिएकोले सुँगुर तथा बङ्गुर पालक किसानहरूलाई यो रोगबाट फार्ममा सङ्क्रमण हुन नदिन जैविक सुरक्षा विधि अपनाउन चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले अनुरोध गरेको छ ।
विभागले यसअघि नै सूचना निकालेर फार्ममा रहेका सुङ्गुर तथा बङ्गुरमा शङ्कास्पद लक्षण देखा परेमा सम्बन्धित पालिका र विभागमा सम्पर्क गर्न भनिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।