इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम शुरु

 माघ २७, २०८० शनिबार १६:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम शुरुआत गरेको छ ।

गाउँपालिकाले हिजाे शुक्रवारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा शुरु गरेको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो । रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन ।

'अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो', अर्यालले भन्नुभयो, 'तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।' शुरुको दिन ११ वटा विद्यालयका तीन सय १० जना अभिभावक कक्षामा सहभागी भएका छन् । तीनजना स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी भएका छन् । यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभइ अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष  स्याङ्बोले बताउनुभयो । गाउँपालिकाले अभिभावकलाई अब महिनाको एक दिन विद्यालयमै ल्याएर पढाउने, त्यस दिन कक्षा ८ भन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने उहाँको भनाइ छ । जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने कार्यविधिमा उल्लेख छ ।

यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया