नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

 फागुन १, २०८० मंगलबार १२:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज देशभर मौसम आंशिकदेखि समान्य बदली रहनेछ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

दिउँसो पहाडी भू–भागका केही ठाँउमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाँउमा हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम बढेर अधिकतम २१ देखि २३ डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ । आज विहान न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्रि रेहको थियो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया