एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा कुल चार लाख ९८ हजार ५८ वटा व्यावसायिक प्रतिष्ठानमध्ये २५ दशमलव आठ प्रतिशत महिलाको नाममा रहेको पाइएको हो ।
महिलाको नाममा सबैभन्दा धरै व्यावसायिक प्रतिष्ठान गण्डकी प्रदेशमा रहेको देखिएको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार पाँच सय ७५ वटा व्यावसायिक प्रतिष्ठानमध्ये ३५ प्रतिशत प्रतिष्ठान प्रतिशत महिलाको नाममा रहेका छन् । सबैभन्दा कम मधेस प्रदेशमा महिलाको नाममा जम्मा १० दशमलव आठ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको अध्ययनमा देखिएको छ ।
यसैबीच नेपालका व्यापारिक प्रतिष्ठानमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार छ सय ४५ जना जनशक्ति रहेकोमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा झन्डै ४६ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । सबैभन्दा कम मधेस प्रदेशमा व्यवसायिक प्रतिष्ठानमा महिला जनशक्ति जम्मा २३ प्रतिशत रहेको देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।