ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध जाेडिने

 फागुन १६, २०८० बुधबार ९:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध जोड्नेबारे कुराकानी भएको छ ।ललितपुर महानगरको निमन्त्रणामा आएका चेओरवनका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले अबको भ्रमणमा भगिनी सम्बन्ध कायम गर्ने गरी आउने प्रतिबद्धता जनाएको छ ।

ललितपुर महानगरमा भैरहेका असल अभ्यासहरू हेर्न र जान्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल तीनदिने भ्रमणमा आएको हो । अवलोकन भ्रमणका क्रममा मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउनुभयो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो । मेयर  महर्जन गएको असोजमा कोरिया भ्रमणमा जानुभएको थियो ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया