एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डौ – बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर वैज्ञानिक र दीर्घकालीन फोहोर व्यवस्थापन भने अहिलेसम्म कसैले गर्न नसकेका विज्ञहरुले बताएका छन् ।
काठमाण्डौ महानगर लगायत उपत्यकाको फोहोर व्यवस्थापन गर्न सङ्घीय सरकारले साथ दिनुपर्ने उपत्यकाका पालिकाहरुको माग छ । देश सङ्घीय संरचनामा गएसँगै फोहोर व्यवस्थापन पालिकाहरु आफैँले गर्नुपर्ने प्रावधान छ । तर काठमाण्डौ उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापनको लागि बजेट र अन्य पूर्वाधार छैन ।
सरकारले आवश्यक कानुनी व्यवस्था गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा सहभागिता गराउन नसक्दा अहिलेको बिकराल अवस्था आएको पूर्वाधार विज्ञ आशिष गजुरेलले बताउनुभयो । उहाँका अनुसार सरकारले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन निजी साझेदारीमा जाने तयारी गरेपनि १५ वर्षदेखि निर्णय हुन सकेको छैन ।
उहाँले स्थानीय निकायले निजी क्षेत्रको क्षमता,लगानी प्रयोग गरी प्रुमख दायित्व फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन निजी क्षेत्रमार्फत गर्ने अवसर अहिले रहेको बताउनु भयो । वातावरण विज्ञ अल्का सापकोटाले सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारीमा काम गर्नेगरी निर्णय गर्न सक्नुपर्ने दाबी गर्नुभयो । उहाँले फोहोर व्यवस्थापनको लागि छनोट गरेका कम्पनीहरुलाई काम गर्न दिने गरी निर्णय गर्न ढिलाई गर्न नहुने बताउनु भयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।