रुकुम पश्चिमको कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

 फागुन २३, २०८० बुधबार १८:२९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि अहिले यसको छ गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा अहिले छ गुणा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुुवाले जानकारी दिनुभयो । 

हिउँदको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको उहाँले बताउनुभयो । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेका कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो । 

अहिले कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेका कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया