एन्फा महिला लिगमा बाग्मती र एपीएफ खेल्दै
माघ २, २०८१ बुधबार
काठमाण्डौ — फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पाँच स्थान सुधार गरेको छ । फिफाको नयाँ वरीयताअनुसार नेपाली महिला टोली एक सय पाँचौं स्थानबाट पाँच स्थान सुधार गर्दै एक सयौँ स्थानमा आइपुगको हो ।
गएको महिना साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनशिपमा नेपाली महिला टोली फाइनलमा पुग्दै उपविजेता बनेको थियो । त्यही प्रतियोगिताको प्रदर्शनका आधारमा नेपाली महिला टोलीको वरीयता सुधार भएको हो । फिफा महिला वरीयतामा स्पेन शीर्ष स्थानमा यथावत् छ ।
यस्तै इङ्ग्ल्यान्ड दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिँदा फ्रान्स तेस्रो स्थानमा यथावत् छ । यसैगरी फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एक सय ७५ औँ स्थानमा यथावत् छ । पुरुष टोलीको वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । यस्तै फ्रान्स दोस्रो र इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।