कोरोना जोखिमकै बेला कम्पनीले दुःख दियो

 बैशाख १८, २०७७ बिहिबार १७:४४:४७ | मेरो कथा मेरो भोगाई

आसिफ अली हाल, यूएई ।

म अहिले यूएईमा एक सेक्युरिटी कम्पनीमा काम गर्छु । यो काम यूएईमा राम्रो पनि थियो । तर अहिले कोरोनाको सङ्क्रमण बढेसँगै जोखिम र तनाब बढ्यो यो काममा।

कम्पनीले पनि मनपरी गर्न थाल्यो । हाम्रो स्वास्थ्य सुरक्षाको त कुरै नगरौं । जोखिम धेरै भएको ठाउँमा काममा खटाउने गर्छ ।

जस्तै अस्पताल, कोरोना सङ्क्रमित राखेको आइसोलेशन लगायतका ठाउँमा ।

यस्तो ठाउँमा काम गर्दिनँ भन्दा सुखै पाईंदैन । यस्ता ठाउँमा काम गर्ने धेरैलाई कोरोना सङ्क्रमण भइसकेको छ, हाम्रै कम्पनीकालाई पनि । अब हाम्रो पालो आयो ।

हामीलाई कम्पनीले अब यस्तै जोखिमका ठाउँमा खटाउँदैछ । जान्नँ भन्न पनि पाइन्न । कि काम गर कि राजीनामा दिएर घर जा भन्छ । तर कसरी ? काममा गएन भने तलब काटिदिने लगायतका विभिन्न सजाय त छँदैछ ।

बस्ने ठाउँमा पनि यस्तै समस्या छ । प्रहरीले हाम्रो क्याम्पलाई कति समयसम्म त लक गरेर नै राख्यो ।

यहाँ क्याम्पमा धेरै जनालाई सङ्क्रमण देखिएपछि कति समय त साथीकोमा गएर समेत सुतें । तर कहिलेसम्म भाग्ने ? यहाँ बस्ने हो भने काम गर्नुपर्छ ।

तर काम गर्दा कोरोना सङ्क्रमणबाट बच्न गाह्रो छ । के गर्ने होला सोच्न सकेको छैन। कोरोनाको त्रासका बेला कम्पनीले मानसिक तनाब दियो हामीलाई ।

 

1 Comments

  • Ramrishna Ganesh

    May 1, 2020, 5:53 a.m.

    जति सक्दो सबै खाडी मुलुकमा बस्ने हरुलाइ आफ्नो देश लानु पर्छ।।। यहाँ काम गर्नु पर्छ काम गर्दा कोरोना लाग्ने डर मेरो प्रतिक्रिया यति मात्र छ कि सबै लाई आफ्नो देश फर्काउनु पर्छ जे हुन्छ आफ्नो देशमा हुन्छ पर्देशी लाई गारो छ अहिलेको समयमा आफ्नै परिवार सङ बस्नु पाउँदा ठिक हुन्छ।।

तपाईको प्रतिक्रिया