आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा शुरू

 चैत १८, २०८१ सोमबार १५:५:५४ | रासस
unn.prixa.net

फाइल तस्वीर

दाङ – आजदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेकाे टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा शुरू भएको छ ।

अब प्रत्येक सोमवार उडान हुने नेपाल एअरलाइन्सका स्टेशन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले यात्रुको माग अनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गएकाे पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

अहिले विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया