आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।
काठमाण्डौको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ ।
वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ ।
पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २ दशमलव ५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ ।
अहिले काठमाण्डौको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च रहेको छ । काठमाण्डौको प्रदूषणको तह विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा ३२ दशमलव ४ गुणा माथि पुगेको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।
सडकको धुलो, धुवाँ र आगलागी प्रदूषणको मुख्य कारण भएको उहाँको भनाइ छ । उहाँका अनुसार पानी नपरेसम्म प्रदूषण घट्दैन, तर अबको ३–४ दिनसम्म पानी पर्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।