अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा त्योभन्दा धेरै पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गर्नुभयो ।
धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हुनुहुन्छ । उहाँसहित सात जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित हुनुभयो । सबैभन्दा धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहनुभएको छ । शेरचन २७ बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।
सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरूमध्ये काेही स्वास्थ्य उपचार गराइरहेको र काेही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ । गएको माघ १८ गतेदेखि शुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।