प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

 चैत १८, २०८१ सोमबार १८:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्य रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा गएराति निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहनुभएका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो ।

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया