धर्म भट्ट / भारत

प्रश्नः मेरो आँखा कमजोर छ। आँखा कमजोर भएको मान्छे विदेश जानको लागि मेडिकल अनफिट हुन्छ कि हुदैन? म -१.५ पावरको चस्मा लगाउछु।


 

उत्तरः धर्म जी, नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं मेडिकल व्यवसायी प्रविण तिवारीका अनुसार सेक्युरिटी गार्ड, लेवर लगायतका काममा आँखा कमजोर भएकाहरु अनफिट हुन्छन्। त्यसैले आँखा कमजोर भएकाहरु यी काममा जान पाउँदैनन्। तर कम्प्युटर सम्बन्धी काम, उद्योग मजदुर, सेल्सबोइ / गर्लका रुपमा भने आँखा कमजोर भएपनि चश्मा लगाएर रोजगारीका लागि विदेश जान सक्छन्। अथवा, घरभित्रै बसेर गर्ने काममा दक्ष र अर्धदक्ष कामदार आँखा कमजोर भएपनि चश्मा लगाएर रोजगारीका लागि विदेश जान सक्छन्।