वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार हुने

 चैत १६, २०८० शुक्रबार ७:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुईं ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना छ । राति पनि पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 भोलि पनि बदली र वर्षा हुने तथा पर्सि आइतबारदेखि मौसम क्रमशः सुधार हुने मौसमविदले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया