सुनकोशी मरिणको सुरुङ खन्ने काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने

 चैत १७, २०८० शनिबार १५:१६:३७ | रासस
unn.prixa.net

रासस

सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।

तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताकासाथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झण्डै एकलाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । २०७९ सालको असोज २८ गतेदेखि निर्माण शुरु गरेको आयोजना २०८४ सालको असोजमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी र बाँध निर्माण कार्य भारतीय कम्पनीले गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया