प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित

 चैत २९, २०८० बिहिबार १७:३८:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित भएका छन् । काठमाण्डौमा आज दिउँसोपछि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक उडानका केही जहाज 'डाइभर्ट' भएका छन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाजले आकाशमा फन्को लगाउनुपरेको थियो । नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाण्डौका उडेको बुद्धकै जहाज सिमरा नै 'डाइभर्ट' भएको छ ।

काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ । कतार एअरवेज, विमान बङ्गलादेश, इन्डिगो, विस्तारा एअर लगायतका जहाजले दर्जनौँ पटक आकाशमा फन्को लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया